खोजखबर

नेकपा ओली समूहले बोलायो संसदीय दलको बैठक

सौर्य अनलाइन २०७७ फागुन २० गते २१:२० मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले फागुन २२ गतेका लागि संसदीय दलको बैठक बोलाएको छ । फागुन २३ गते संसद बैठक बस्ने भएकाले त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको नेकपा ओलीसमूहका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

‘संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्रीले २२ गते दिउँसो ३ बजे बैठक बोलाउनुभएको छ। अब कसरी जाने भन्ने विषयमा बैठकमा छलफल हुन्छ’ उपनेता नेम्वाङले भने ।

प्रचण्ड माधव समूहले भने बिहिबार सिंहदरबारस्थित संघीय संसद् सचिवालय पुगेर संसदीय दलका नेता ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराएको छ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय