जगदम्बा सिमेन्टको निर्माण विज्ञसंग अन्तक्र्रिया

काठमाडौ । जगदम्वा सिमेन्टले निर्माण बिज्ञसंग अन्तक्रिया गरेको छ । सिन्धुपालञ्चोकको मेलम्चीमा ४० भन्दा धेरै निर्माणकर्मी, इन्जिनिएर, आयोजना प्रमुखलगायतसंग अन्तरक्रिया गरेको हो । भुकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामाग्रीको प्रयोगका साथै दक्ष जनशक्तिबाट निर्माण सम्पन्न गर्नुपर्ने कुरा कम्पनीका बिक्री प्रबन्धक नव राज भुर्तेलले प्रष्ट पारेका छन । मेलम्ची नगर पालिका भवन शाखाका प्रमुख इन्जिनीयर जितबहादुर कार्कीले निर्माण संरचना र सेटिङ टायमका आधारमा मात्र ओ.पि.सि. र पि.पि.सि. सिमेन्टको प्रयोग गर्नुपर्ने कुरामा जोड दिए ।

स्थापनाकालदेखि नै निर्माणकर्मी, उपभोक्ता तथा बिक्रेतालाई विभिन्न कार्यक्रम मार्फत जगदम्बा जागरण, जगदम्बा विशेष, जगदम्बा आरोहण, जगदम्बा प्रयोग विधिबाट लाभान्वित गर्दै आएकोमा भावी दिनमा यस्ता कार्यक्रमको निरन्तरता दिने प्रतिबद्धता कम्पनीका बरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथदाहालले ब्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया