‘देशको वर्तमान अवस्थाका कारण नेपाली कांग्रेस चिन्तित’

रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको वर्तमान अवस्थाका बारेमा आपूm र नेपाली कांग्रेस पार्टी चिन्तित रहेको बताएका छन् । रौतहटको गढिमाई नगरपालिका–६ सिंगारमन धर्मपुरस्थित श्री विष्णु महायज्ञको उदघाटन गर्न आएका कांग्रेस सभापति देउवाले नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्ने र सत्यको पक्षमा उभिने पाटी भएकाले देशको वर्तमान राजनीतिक अवस्था हेरेर आफू चिन्तित रहेको र आउँदा दिनमा सत्यलाई मात्र साथ दिने बताएका हुन् । उनले असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई आवश्यकता परेको खण्डमा नेपाली कांग्रेसले निकास दिन तयार रहेको बताए । ‘दुईतिहाइ जनताको मत पाएर पनि सत्ता सञ्चालन गर्न नसक्ने नेकपाका कारण संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि नै खतरा उत्पन्न भयो’, उनले भने, ‘मुुलुकलाई नेपाली कांग्रेसको अवश्यकता प¥यो भने निकास दिन हामी तयार छौँ ।’

सत्ता सञ्चालन कसरी गर्नेबारे नेकपाभित्रको आन्तरिक विवादको कारण सिंगो मुलुकलाई नै अनिर्णयको बन्दी बनाउने, आपसी गुटबाजी गरी पार्टी विभाजनतर्फ जानेजस्ता कार्यबाट नेपाली जनताहरू आजित भएको परिवेशमा यो व्यवस्था जोगाउन नेपाली कांग्रेसले कुनै कसर बाँकी नछोड्ने उनको भनाइ थियो । आपूmले सकारात्मक भूमिका निर्वाह गर्ने बताए । सभापति देउवाले विभिन्न झुठा मुद्दाहरूमा कांग्रेसको युवा नेता मोहमद आफताव आलमलाई नेकपा सरकारले फसाएको आरोप लगाउँदै उनले उक्त मुद्दा अदालतमा रहेकोमा प्रक्रियागत रूपमा उनीमाथि लागेको मुद्दालाई सम्बोधन गराई कारागारबाट मुक्त गराउने प्रतिवद्धतासमेत जनाए ।
पूर्व गृह राज्यमन्त्री तथा नेपाली कांग्रेस मकवानपुरका अध्यक्ष इन्द्र वानियाले सनातन हिन्दू धर्मसहित सबै धर्म मान्नेहरूको धार्मिक स्वतन्त्रताको पक्षमा उचित सम्मान गर्दै नेपाली कांग्रेस नेपाली जनताको पक्षमा मुलुकको निकास दिन तयार रहेको बताए । ‘परिस्थिति जस्तो भए पनि आउने चुनौतीलाई व्यवस्थापन गर्दै मुलुकलाई निकास दिन नेपाली कांग्रेस तयार छ’, उनले भने, ‘नेकपाबाट जुनसुकै अवस्था एवं अप्ठ्यारो सिर्जना भएको छ त्यसको हल कांग्रेसले निकाल्नेछ ।’

कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ का सांसद देवप्रसाद तिमल्सिनाले नेपाली कांग्रेसको सभापति देउवालाई भावी प्रधानमन्त्री भनेर सम्बोधन गर्दै कांग्रेस सनातन हिन्दू धर्मसहित सबै धर्मावलम्बीहरूको पक्षमा रहेको तथा मुलुकमा जहिले जहिले संकट पर्दा कांग्रेसले अघि सरेर निकास दिएको चर्चा गरे । झुठा मुद्दामा आफ्ना पार्टीका नेता तथा पूर्वमन्त्री अफताव आलमलाई फसाएको हुँदा शीघ्र पार्टीको हाइकमान्डबाट पहल गरेर छुटाउने प्रयास गर्नुपर्ने भन्दै सभापति देउवाको ध्यानाकर्षण गराए ।

नेपाली कांगे्रस रौतहटको सभापति कृष्णप्रसाद यादवले प्रजातन्त्र र लोकतन्त्र रक्षार्थ नेपाली कांग्रेसले पटकपटक बलिदानी दिँदै आएको चर्चा गर्दै आउँदा दिनमा मुलुकको समस्या समाधान गर्न नेपाली कांग्रेस अघि बढ्ने बताए । उक्त कार्यक्रममा नेपाली कांग्रेससहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो भने गढीमाईको मेयर श्यामप्रसाद यादव, वृन्दावनको मेयर रामस्नेही यादव, चन्द्रपुरको मेयर रामचन्द्र चौधरी, परोहाको मेयर शेख वकिल, राजपुरको मेयर शेख सकिल, राजदेवीको मेयर धीरेन्द्र सिंहसहित जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया