अभियान जोगाउन पाँच करोडको अक्षय कोष

कठमाडौं । ज्येष्ठ नागरिक ग्रामका परिकल्पनाकार तथा सामाजिक अभियानता मित्रसेन दाहालको स्मृतिमा पाँच करोडको अक्षयकोष घोषणा गरिएको छ । सामाजिक अभियानमा सक्रिय रहँदा रहँदै हृयघातबाट मृत्यु भएपछि स्वर्गीय दाहालको १२ औँ पून्य तिथिमा अक्षयकोष घोषणा गरिएको हो । दाहालको गत फागुन ७ गते ५८ वर्षको उमेरमा निधन भएको थियो । मित्रसेन दाहालको बहुआयामिक व्यक्तित्वलाई चीरस्थायी बनाइ राख्न र मैत्री सेवा आश्रमसहित अन्य विविध सामाजिक कार्यलाई सहयोग पु¥याउन कोषको रकमबाट आएको आम्दानी खर्चने कोष सञ्चालक समितिले जनाएको छ । दाहालले मिर्गौला प्रत्यारोपणपछि मैत्री सेवाश्रम नामक ज्येष्ठ नागरिक ग्रामको शुरुआत गरेका थिए ।

मिर्गाैला प्रत्यारोपणपछि पाएको जीवनलाई बोनसको जीवन बताउने दाहालले करिब एक दलकमै काठमाडौँका लव्सीफेदीमा ३३ वटा घरसहितको ज्येष्ठ नागरिक ग्राम स्थापित गरेका थिए । थप सय रोपनी जमीनमा सुविधा सम्पन्न ग्राम निर्माणको योजना भने दाहालको निधनसँगै अलपत्र परेको छ । अक्षयकोष सञ्चालक समितिले कोषको नाम ‘मित्रसेन दाहाल ज्येष्ठ नागरिक सेवा कोष’ नामाङ्कन गरेको छ । कोषमा प्राथमिक चरणमा परिवारका सदस्यहरूसहित शुभचिन्तकले स्थापनाकै दिन करिब सवा ५५ लाखको योगदान दिएका छन् । भाइ तथा जेपी प्रतिष्ठानका सञ्चालक हरि दाहालबाट ११ लाख ११ हजार १११ तथा मित्रसेन दाहालकी धर्मपत्नी शकुन्तला दाहालबाट पाँच लाख ५५ हजार ५५५ योगदान गरेका छन् भने अन्य सहयोगीको योगदानबाट आज नै कोषमा ५५ लाख २१ हजार ८२१ जम्मा भएको छ ।

दाहालको मैत्री सेवाश्रम नामक ज्येष्ठ नागरिक ग्रामको सोच नेपालका लागि नविन सोच भएको भन्दै नेपाल सरकारको नीति तथा कार्यक्रममा समेटिएको थियो । २०६९ मा नेपाल सरकारको नीति तथा कार्यक्रममा नै समेटेर पाँच विकास क्षेत्रमा ज्येष्ठ नागरिक ग्राम निर्माण गर्ने घोषणा गर्दा तात्कालीन मध्यामाञ्चल विकास क्षेत्रका लागि दाहालले २०६६ बाट नै शुरुआत गरेको काठमाडौँको लब्से फेदिमा रहेको मैत्री सेवाश्रम छनोट भएको थियो । सरकारको घोषणाअनुसार केही सहयोग गरेपनि करिब एक अर्ब बराबरको परियोजना दाहाल आफैँ विभिन्न क्षेत्रको सहयोगमा निर्माण गरेका थिए । काठमाडौँको लप्सेफेदिमा दाहालले निर्माण गरेको मैत्री सेवाश्रम ‘सामाजिक कार्य’मा अनुसन्धान तथा अध्ययनमा रुचि राख्नेहरू तथा आफैँ समाजसेवामा सहयोग हुनेहरूका लागि गन्तव्य बनेको छ । मैत्री सेवाश्रममा आश्रित ज्येष्ठ नागरिक दाहालको अनुपस्थितिमा अविभावक विहीन नबनुन् भन्ने उद्देश्यले कोष स्थापना भएको हो ।

जेपी प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय दाहालले नेपाली कांग्रेस ओखलढुङ्गाको सचिव, कांग्रेका महासमिति सदस्य, हिमाल सिमेन्टको महाप्रबन्धक, एनपीटीसी लिमिटेडका अध्यक्षसहित दर्जनौँ सरकारी तथा गैरसरकारी सङ्घसंंस्थामा जिम्मेवारी बहन गरेका थिए । चिन्तन र अनुभूति, कथा र व्यथाको यात्रा, मिर्गाैला रोग र समाधान जस्ता १३ कृतिका लेखक दाहाल सहित्य र लेखकीय क्षेत्रमा योगदान छ । लेखकीय स्वतन्त्रताका पक्षमा समेत वकालत गर्ने दाहाल नेपाली लेखक सङ्घको कार्यक्रममा विशेष योगदान छ । दाहालले ओखलढुङ्गाका करिब तीन हजारसहित देशभरका करिब पाँच हजार विद्यार्थीलाई जेपी प्रतिष्ठानमार्फत छात्रवृत्ति प्रदान गरी अध्ययनमा सहयोग गरेका थिए । नेपालमा विज्ञापन व्यवसाय र विकास नामक पुस्तकका लेखक दाहाल विज्ञापन सङ्घका संस्थापक अध्यक्ष हुन् । नेपालमा विज्ञापन एजेन्सीमार्फत व्यवसाय प्रवद्र्धन गर्ने शुरुआतकर्ता दाहाल निजीस्तरको सगरमाथा टेलिभिजनका संस्थापक मध्येका एक हुन् । दाहालको जम्म ं २०१९ मंसिर ४ गते ओखलढङ्गाको बरुणेश्वर गाविस, ४ लामिडाँडा पिता जयप्रसाद र आमा डम्बरकुमारी दाहालको कोखबाट भएको थियो ।

प्रतिक्रिया