सडक संघर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइन्छ : माधव नेपाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गरेका छन् ।

नेपाल प्रेस सङ्गठन मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको पनि जिकिर गर्दै पार्टीका अधिकारिकता विषयमा समस्या नहुने विचार राखे ।

नैतिकताको हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा पूर्वप्रधानमन्त्री नेपालले राखे । निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका विषयमा चिठ्ठी नै लेखेर पठाइसकिएको बताउँदै नेता नेपालले आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण पेश गरिने बताए ।

प्रतिक्रिया