सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुप्रिमक्याफे एन्ड लाऊन्जबार प्राली न्यूरोड बीच बैंकका ग्राहकलाई विभिन्न सेवाशुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट / प्रिभिलेज कार्ड वाहकले सुप्रिमक्याफे एन्ड लाऊन्जबार प्रालीमा सेवा लिदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।

बैकले देशभर फैलिएका आफ्ना १ सय ९ शाखा, ९८ ए.टि.एम. र १ सय ७ वटा शाखा रहित बैंकिङ्ग ईकाईबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदानगर्दै आएको छ । बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको वित्तीय आवश्यकता डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान र विथड्र सेवा, मोबाइल बैंकिगको पिन बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।

यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ । व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानी योग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न बैंकले वित्तीय साक्षरता काकार्यक्रमका साथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया