चर्चामा पल शाह अभिनित ‘टाढा भए पनि’

काठमाडौं । अभिनेता पल शाह पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त छन्। नेपालमा म्युजिक भिडियोका लागि उनको बिकल्पमा तत्काल कोही देखिएका छैनन्। ‘टाढा भए पनि’ बोलको गीत पल अभिनित पछिल्लो चर्चित गीत हो। यस गीतले १५ दिनभित्रै एक करोड भ्युज प्राप्त गरेको छ।

यो गीतमा गायिका अस्मिता अधिकारी र गायक उर्गेन दोङको आवाज छ भने पललाई अभिनयमा मोडेल मलिका महतले साथ दिएकी छिन् । नेपालमा सबैभन्दा छोटो समयमा एक करोड भ्युज पाउने गीतमध्ये एक गीत ‘टाढा भए पनि’ बन्न पुगेको हो।

प्रतिक्रिया