शिखर इन्स्योरेन्सको साधारण सभा

काठमाडौं । शिखर इन्स्योरेन्सले प्रस्तावित लाभांश पारित गर्न र पुनः हकप्रद सेयर हजारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको छ । कम्पनीले ९ चैतमा १५औँ र १६औँ वार्षिक साधारणसभा बोलाएको छ । आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को साधारणसभा एकसाथ गर्न लागेको कम्पनीले चालु आर्थिक वर्षमा नै बँँडफाँड गरेको हकप्रदपछि कायम चुक्ता पुँजीको २७ दशमलब ७६ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको १ दशलमव ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले असार मसान्तमा कायम चुक्ता पुँजीको ३६ दशमलव १ प्रतिशत बोनस सेयर र बोसन सेयरमा लाग्ने कर प्रयोजनाको लागि १ दशलमव ९ प्रतिशत गरी कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले साधारणसभामा प्रस्तावित बोनस सेयर पारित भएपछि कायम चुक्ता पुँजीको ३० प्रतिशत पुन: हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत लैजाने भएको छ । यस्तै, हाल संस्थापक र सर्वसाधारण सेयर अनुपात ६०:४० प्रतिशतबाट ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आगामी साधारणसभाबाट सर्वसाधारणको तर्फबाट दुईजना सञ्चालक पनि निवार्चित गर्नेछ । साधारणसभाको लागि कम्पनीले फागुन २६ देखि चैत ९ सम्म बुकक्लोज गर्ने भएको छ । यसअनुसार फागुन २५ सम्म कायम सेयरधनीले सो कम्पनीको लाभांश पाउनेछन् भने सभामा सहभागिता जनाउन सक्नेछन् ।

गत असार मसान्तसम्ममा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार ६ सय रुपैयाँ थियो । सो चुक्ता पुँजीको १ बराबर शुन्य दशमलव ३ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बाँडफाँडपश्चात् इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ । अब ३८ करोड १६ लाख ८९ हजार १२७ रुपैयाँ बराबरको बोनस सेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७५ करोड ६१ लाख ९२ हजार ९२७ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया