‘जति गिडगिडाए पनि प्रचण्ड–माधवले प्रधानमन्त्री पद पाउन सक्दैनन्’

पर्सा । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्रीको पद पाउन जति गिडगिडाए पनि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको पद पाउन नसक्ने बताएका छन् । शुक्रबार पर्साको छिपहरमाई गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेला तथा बिरहत पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका मन्त्री साहले जति षड्यन्त्र र छल गरे पनि प्रचण्ड(माधवको प्रधानमन्त्री बन्ने सपना साकार नहुने बताए । जनताले झण्डै दुईतिहाई बहुमतसहित देशकै ठूलो पार्ती बनाएको भए पनि प्रचण्ड र माधव नेपालले पार्टी ध्वस्त बनाएको बताउँदै मन्त्री साहले उनीहरू आफैँले खनेको खाल्डोमा फस्ने जिकिर गरेका छन।

‘संसद पुनर्स्थापनापछि प्रचण्ड र माधव नेपाल सांसद किनबेच गरेर गणितीय फोहोरी खेलमार्फत् प्रधानमन्त्री बन्ने सपना देखिरहेको भए पनि पूरा हुँदैन,’ मन्त्री साहले भने, ‘सत्ता हत्याउन प्रचण्ड र माधव नेपालले रोपेको अस्थिरताको काँडाले उनीहरूलाई घोच्छ ।’ ‘संसद पुनर्स्थापनापछि प्रचण्ड माधवहरू प्रधानमन्त्री पदको सपना देख्न थालेका छन् । हुन पनि किन नहोस्, यसैको लागि त आफनै पार्टीको सरकार बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र दुई तिहाई कम्युनिष्ट जनमतलाई टुक्राउने काम गरेका थिए,’ मन्त्री साहले भने, ‘तर जति छटपटाए पनि, जति गिडगिडाएपनि माधव प्रचण्डहरूले प्रधानमन्त्री पद पाउन सक्दैनन् । किन कि अरूका लागि खाल्डो खन्नेहरू त्यसमा आफैँ पर्ने गर्छन् । तपाई हेर्न सक्नुहुन्छ आज उहाँहरूलाई कसैले विश्वास गरिरहेको छैन ।’

‘नयाँ सरकार निर्माणका लागि गणितिय फोहोरी खेलको सुरुआत भएको छ । माधव(प्रचण्डहरूले अहिले सांसद किनबेच र अस्थिर सरकार बनाउने फोहोरी खेल खेल्ने अवसर पाएकोमा लागि उत्सव मनाइरहेका छन् । तर उनीहरूले रोपेको काँडाले उनीहरूलाई नै घोच्ने छ,’ मन्त्री साहले भने ‘जनताले झण्डै दुई तिहाई बहुमतसहित नेकपालाई ठूलो पार्टी बनायो । तर सत्ताको लोभमा पार्टीलाई ध्वस्त बनाइदिएको । भनिन्छ, अरूका लागि खाल्डो खन्यो भने आफैँ फस्नुपर्छ । ठीक त्यस्तै हालत माधव र प्रचण्डहरूको भएको छ ।मन्त्री साह ले भने प्रदेश नं २ का सरकार ले भ्रष्टाचार मा लिप्तरहेको दाबी गरेका छन। मधेशी जनता को नाउँ मा चुनाव जितेर प्रदेश सरकार ले आफफु कमिशन लिएर ठेकदार र कार्यकर्ता हरु लाई पालिरहेका छन। मधेशी जनता हरु को सपना संग फुहरी खेल गरिरहेका छन। मधेश अन्दोलन मा सहिद भएको का परिवार र मधेशी हरु संग धोका दि रहेका छन ।

मधेश अन्दोलन मा पचास लाख दिने भनेर मधेशी जनता उसकाएर मार्न लगाई सहिद भएका परिवार हरु संग भेटन समेत फुर्सत नभएको मन्त्री साह ले दाबी गरेका छन। बृहत पार्टी प्रबेश गर्ने हरु लाई फुलमाला लगाई स्वागत गरेका छन।बृहत पार्टी प्रबेश कार्यक्रम फोरम बाट निर्वाचित छिपहरमाई गाउँपालिका वार्ड नं २ का वार्डअधयक्ष महेन्द्र साह कलवार को नेतृत्व मा सयौ को संख्या पार्टी प्रबेश गरेका छन।फोरम वाट जयमगलपुर का वाडअधयक्ष का उमेदवारी अनिल साह,लगायत सयौ को संख्यामा भिस्वा का फोरम का नेता रसुल मियाँ ,काँग्रेस का नेता कार्यकर्ता हरु नेकपा मा पार्टी प्रबेश गरेका छन। नव प्रबेशी हरु लाई मन्त्री साह र नेकपा का जिल्ला अधयक्ष प्रभु हजरा ले फुलमाला र गमछा ओढाई स्वागत गरेका छन।बृहत पार्टी प्र्रबेश कार्यक्रम नेकपा छिपहरमाई गाउँपालिका कमिटि अधयक्ष पहलाद गुप्ता को अध्यक्षतामा सम्पन्न भएको थियोे ।कार्यक्रम मा नेकपा का जिल्ला अध्यक्ष प्रभु हजरा,संबिधान सभा सदस्य जयप्रकाश थारु राजकुमार गुप्ता ,प्रधुमान चौहान , फुलझरी देबी,जिल्ला समन्व समिति पर्सा का उप प्रमुख ठाकुर न्यौपाने छिपहरमाई गाउँपालिका अध्यक्ष हरिनाराय चौधरी, मनोज कुमार गुप्ता , बलिराम साह,योगेन्द्र साह,लगायत को सहभागिता रहेको थियोे । कार्यक्रम मा स्वागत मन्तब्य जिल्ला समन्व समिति सदस्य सुबास साह ले राखेको थियोे भने कार्यक्रम संचालन मकबुल मियाँ ले गरेको थियोे ।

प्रतिक्रिया