अर्थबजार

काठमाडाैंमा पुनः बर्डफ्लु भेटियो, साढे १५ हजार पन्छी नष्ट

सौर्य अनलाइन २०७७ फागुन १४ गते ११:५६ मा प्रकाशित

 

काठमाडाैं । पुनः बर्डफ्लु देखा परेको छ । पशु सेवा विभागले शुक्रबार एक सूचना जारी गर्दै काठमाण्डुस्थित तारकेश्वर नागरपालिकामा साढे १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिएको छ ।

विभागले ५६५७ लेयर्स कुखुरा, ७२३६ ब्रोइलर कुखुरा, २५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३५७० अण्डा र ३००० केजी दाना नष्ट गरेको जनाएको छ । विभागले बर्डफ्लु नियन्त्रणका लागि ४ बुँदे अपिल जारी गर्दै फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय