वार्षिकोत्सवमा विद्यार्थीलाई झोला र स्टेशनरी सहयोग

काभ्रे । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १०औँ वार्षिकोत्सवको अवसरमा आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी सहयोग गरेको छ ।

भकुण्डेबेशी शाखा कार्यालयबाट नमोबुद्ध नगरपािलका– ८ मा रहेको दाप्चा माध्यमिक विद्यालयका कक्षा ५ सम्म अध्ययनरत एक सय जना विद्यार्थीलाई झोला वितरण गरिएको हो ।पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत झोला तथा स्टेशनरी समाग्री वितरण गरेको भकुण्डेबेशीका शाखा प्रमुख दोषबहादुर थापाले जानकारी दिए ।

वित्तिय संस्थाका सहायक महाप्रबन्धक सुन्दरप्रसाद श्रेष्ठ, सञ्चालन विभाग प्रमुख माधवप्रसाद शर्मा, नमोबुद्ध न.पा. वडा नं ८ का वडाध्यक्ष शेरबहादुर तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विलबहादुर श्रेष्ठ लगायतले वितरण गरेका थिए । प्रधानाध्यापक दिनेशप्रसाद अधिकारीले सहयोग गरेकोमा संस्थाप्रति आभार प्रकट गरे ।

लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा रहेको संस्थाले ५२ जिल्लामा ७२ शाखा संजालमार्फत ८९ हजार ग्राहकवर्गलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाले पौष मसान्त सम्ममा ९ करोड ४ लाख खुद मुनाफा आर्जन गरेको छ भने बचत र कर्जा बाहेक लघुविमा, विप्रेषण र शाखा रहित बैंकिग कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया