कालिका कृषि सहकारीको साधारणसभा सम्पन्न

पाँचथर । फिदिम नगरपालिका वडा नं ७ मा रहेको कालीका कृषि सहकारी संस्था लिमिटेडको एघारौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष ग्यनाथ बांस्कोटाको अध्यक्षता र फिदिम नगरपालिका सहकारी शाखा प्रमुख सरस्वती सिवाकोटीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

सो अवसरमा कार्यालय पनि उदघाटन गरिएको छ । संस्थाको प्रतिवेदन संस्थाका अध्यक्ष ग्यनाथ बाँस्कोटाले प्रस्तुत गरेका थिए । उक्त सस्थामा १५ वटा कृषि समूह आवद्ध भएका छन । सहकारी समूहमा २० देखि ७० जना रहेका छन । सहकारी संस्थाको शेयर सदस्य ६ सय ४५ जना, बाल बचत गर्ने बालबालिका २ सय ५२ जना,ज्येष्ठ नागरिक बचत १४ जना खुत्रुके बचतकर्ता ८ जना र समूह बचतकर्ता ८ वटा रहेका छन ।

संस्थामा महिला २ सय ९० पुरुष ३ सय ५५ सदस्य रहेका छन । संस्थाको कारोवार रकम दुई करोड उनान्चालिस लाख ६८ हजार ६ सय ७८ रहेको छ । शेयर सदस्यहरुको कारोवारलाई एसएमएस बेकिङ मार्फत जानकारी गराउने गरेको प्रतिवेदनमा बताईएको छ । उक्त एघारौ साधारण सभामा, सहकारीबाट लगानी गरि पशुपालकलाइ सम्मान पत्र र पुरस्कारले सम्मान गरीएको छ ।

सम्मानित हुनेहरुमा, सहकारीमा आवद्ध ५ वटा गाईपालन गर्ने व्यावसायि विमला राई र ५० वटा बाख्रापालन गरि व्यवसाय गर्ने बल बहादुर नेम्बाङ्गलाई सम्मान पत्र सहित तिन–तिन हजार पुरस्कार वितरण गरिएको थियो । सभामा बाल बचत गर्ने, ज्येष्ठ नागरिक, नियमित बचत गर्ने , समयमा नै ऋण असुली गर्ने शेयर सदस्यहरु र शेयर सदस्यका बालबालिकाहरुले एसइइमा धेरै जीपीए ल्याएकालाई समेत दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष गोपाल प्रसाद गुरुङ्ग, सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष सूर्य अधिकारी, जिल्ला सहकारी संघका सह सचिव तथा उक्त सहकारी संस्थाको कोषाध्यक्ष रामप्रसाद बाँस्कोटा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सो अवसरमा प्रमुख अतिथि सरस्वती सिवाकोटीले सहकारीले आफ्नो उद्देश्य अनुरुप काम गरेमा सफल बन्न सक्ने बताईन । सहकारी संस्थाहरुले आफ्नो कारोवार तथा सदस्यहरुको विवरणहरुलाई सहकारी विभागले तयार गरेको कोपोमिस सफ्टवेयरमा रिर्पोटिङ्ग अनिवार्य रुपमा गर्नु पर्ने बताइन । वडाध्यक्ष गुरुङ्गले सहकारीहरुलाई आगामी आवको बजेट मार्फत सम्वोधन गर्ने बताए । साधारण सभालाई उपाध्यक्ष गुरुप्रसाद बांस्कोटाले स्वागत गरेका थिए, भने संचालन विरेन्द्र  अधिकारीले गरेका थिए ।

प्रतिक्रिया