सर्लाही । नेपाल पत्रकार महासंघ प्रदेश नं २ का सात जिल्लाका शाखा अध्यक्षहरुको बैठक शनिबार जनकपुरमा सम्पन्न भएको छ । शाखा अध्यक्षहरुको बैठकले नेपाल पत्रकार महासंघ प्रादेशिक समिती २ ले नयाँ सदस्यता वितरण र नविकरणको सन्दर्भमा गरेको निर्णय त्रुटिपूर्ण रहेको ठहर गर्दै त्यसलाई तत्काल सच्याउनका निम्ति दुई बुदे निर्णय गर्दै प्रेस विज्ञप्ति जारी गरेको हो ।
नेपाल पत्रकार महासंघ प्रदेश नं २ को प्रादेशिक समितिले शाखाहरुको अधिकारलाई कुण्ठित गरि विधान विपरीत नयाँ सदस्यता वितरण, नविकरण र थप घट गर्ने काम गरेकोले त्यसलाई अविलम्ब सच्याउन माग गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरले जानकारी गराएका छन् । अध्यक्ष ठाकुरका अनुसार, नेपाल पत्रकार महासंघ प्रादेशिक समिति २ को अगामी फागुन १ गते वीरगन्जमा हुने दोस्रो अधिवेशन अगावै नयाँ सदस्यता वितरण र नविकरणको सन्दर्भमा देखिएका समस्याहरुको समाधान नभए अधिवेशनमा हामीहरुको सहभागीता नरहने समेत उनले बताए ।
प्रादेशिक समिती २ का उपाध्यक्ष केसी लामिछाने, महासचिव किरण कर्ण, सचिव आरएन विश्वास, मधेसी पत्रकार समाज प्रदेश नं। २ का अध्यक्ष बिरेन्द्र रमन लगायत सात जिल्लाका शाखा अध्यक्षहरुले जारी गरेको प्रेस विज्ञप्ति नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झालाई बुझाएका छन् । केन्द्रिय सदस्य अवधेश झाले प्रेस विज्ञप्ति बुझ्दै भने, नेपाल पत्रकार महासंघ प्रदेश नं। २ को प्रादेशिक समितिले शाखाहरुको अधिकारलाई कुण्ठित गरि विधान विपरीत नयाँ सदस्यता वितरण, नविकरण र थप घट गर्ने लगायतका समस्याहरुको चाँडो भन्दा चाँडो समाधान हुने विश्वास उनले व्यक्त गरे ।
गत बिहीबारका दिन मधेसी पत्रकार समाज सर्लाही शाखाले पनि प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ प्रादेशिक समिती( २ ले नयाँ सदस्यता वितरण र नविकरणको सन्दर्भमा गरेको निर्णय त्रुटिपूर्ण रहेको ठहर गरेको थियो । मधेसी पत्रकार समाज सर्लाही शाखाका अध्यक्ष राम गोविन्द यादवले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ प्रादेशिक समिती २ ले गरेको त्रुटिपूर्ण निर्णय तत्काल सच्याउन उनले माग गरेका थिए ।
बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य द्वय इन्द्रदेव यादव र अवधेश झा, प्रादेशिक समिती २ का उपाध्यक्ष केसी लामिछाने, महासचिव किरण कर्ण, सचिव आरएन विश्वास, मधेसी पत्रकार समाज प्रदेश नं २ का अध्यक्ष बिरेन्द्र रमन लगायत सात जिल्लाका शाखा अध्यक्षहरु उपस्थिति रहेको थियो ।
प्रतिक्रिया