तरुण दलका नेताको हत्यामा संलग्नलाई कडा कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसले बझाङमा विद्यालय व्यवस्थापन समितिको विवादपछि युवाको हत्यामा संलग्नहरुलाई कारबाहीको माग गरेको छ । मंगलवार बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नं ३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेकपाका कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

बुधवार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले घटनाको घोर निन्दा र भत्र्सना गर्दै संलग्नहरुको तत्काल खोजी गरी उनीहरुलाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ ।

छविसपाथिभेरा—३ मा रहेको वान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापनको समितिको निर्वाचन सकेर घर फर्कने क्रममा हिजो मंगलवार साँझ उनलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

सामान्य विषयलाई लिएर कुनै पनि नागरिकको हत्या हुनु दुःखद विषय रहेको बताउँदै पछिल्लो समय नेकपाका कार्यकर्ताहरुबाट नेपाली कांग्रेसका नेता÷कार्यकर्ताहरुमाथि गम्भीर रुपले प्रहार हुन थालेका घटनाहरु आइरहेका कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया