प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । आज (मंगलावार) वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता गराएका हुन् ।

सर्वोच्च अदालत प्रशासनमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको छुट्टाछुट्टै दुईवटा मुद्दा दर्ता भएको हो । वरिष्ठ अधिवक्ताद्वय आचार्यको ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा तामासा देखाएको टिप्पणी गरेको भन्दै मुद्दा दर्ता गराएका हुन् ।

प्रतिक्रिया