केडिया र गुप्ता सम्मानित

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको सदस्यद्वय गोपाल केडिया र सुबोधकुमार गुप्ता वीरगन्ज उद्योग वाणिज्य संघबाट सम्मानीत भएका छन । निर्वाचित भएका केडिया वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हुन भने गुप्ता वीरगन्ज उवासंघका वरिष्ठ उपाध्यक्ष हुन । एफएनसीसीआईको कार्यसमिति सदस्यलाई एक कार्यक्रमका बीचमा सम्मान गरिएको थियो ।

संघका उपाध्यक्ष अनिल कुमार अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा अनिल पटवारीले नेपालकै इतिहासमा बहालवाला अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष महासंघको सदस्यमा निर्वाचित हुनुलाई गौरवको बिषय भएको बताए । र्यक्रमका प्रमुख अतिथि संघका पूर्वअध्यक्ष तथा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले वीरगञ्ज उद्योग वाणिज्य संघले नेपालको चेम्बर आन्दोनमा अग्रणी भूमीका निर्वाह गरेको बताए ।

उनले महासंघको कार्यकारणी सदस्य पदमा निर्वाचित वर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष क्रमशः गोपाल केडिया र सुबोधकुमार गुप्ताको काँधमा नयाँ जिम्मेवारी थपिएकोले निजी क्षेत्रका साझा अपेक्षालाई महासंघ मार्फत कार्यान्वयन गराउन ध्यानाकर्षण गराउँदै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया