इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेसको एकिकृत कारोबार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीसँग आइतबारदेखि एकिकृत कारोबार सुरु गरेको छ । उक्त संयुक्त कारोबार बैंकको घन्टाघर, बिर्तामोड र गाईघाटको तीन शाखाबाट सञ्चालन गरिएको हो । सिटी एक्सप्रेस फाइनान्ससँग गरिएको एकिकृत कारोबारले ग्राहकहरुलाई थप राम्रो सेवा दिने विश्वास बैंकले ब्यक्त गरेको छ ।

इन्भेष्टमेण्ट बैंकले ८६ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टर मार्फत ग्राहकलाई सेवा पु¥याउँदै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको बैंकले अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।

प्रतिक्रिया