प्रचण्ड–नेपाल पक्षको शक्ति प्रदर्शन सुरु !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षले आज शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन सुरु भएको छ । राजधानी काठमाडौं र लालितपुर गरी करिब ९ स्थानबाट जुलुस निस्किएका छन । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उक्त पार्टीका अर्को पक्ष प्रचण्ड नेपाल पक्ष असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनमा छन् । केन्द्रीय संघर्ष समितिले कार्यक्रममा तोकिएका स्थान र समयमा आइपुग्न पार्टी कार्यकर्ताहरुलाई कडा निर्देशन दिएको थियो ।

राजधानी काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस सुरु भएका छन । विभिन्न स्थानबाट निक्लिएको जुलस रत्नपार्क केन्द्रित हुँदै अघि बढ्ने जनाइएको छ ।

विभिन्न क्षेत्रबाट समेटिएको जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछन ।

प्रतिक्रिया