‘ओलीलाई साधारण सदस्यबाट पनि निष्कासन गर्छौं’

काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले केपी ओलीलाई साधारण सदस्यबाट पनि निष्कासन गर्ने तयारी गरेको छ। सो पक्षको एक अध्यक्ष नेपालले आजै निष्कासन गर्ने बताए। बिहीबार प्रतिनिधिसभा विघटनविरुद्ध सुर्खेतमा आयोजित विरोध सभामा नेता नेपालले आजै आफूहरुले चिठी लेखेर कम्युनिस्ट पार्टीको साधारण सदस्यबाट पनि केपी ओलीलाई निष्कासन गर्न गइरहेको बताए।

माघ ५ गते सो पक्षले ओलीलाई स्पष्टीकरण सोध्दै बालुवाटारमा पत्र पठाएको थियो। ‘तीन दिन पहिले हामीले बालुवाटारमा चिठी पठायौं। चिठी लिएर सुरेन्द्र पाण्डे र श्रीराम ढकाल पुग्नुभयो। चिठीमा स्पष्टीकरण दिनका लागि तीन दिनको समय दिइयो। उहाँले स्पष्टीकरण दिने आँट गर्नुभएन। किनकी उहाँसँग तर्क नै छैन’ नेपालले भने।

नेपालले ओलीमा कम्युनिस्टमा हुनुपर्ने कुनै पनि गुण नभएको बताए। उनले ओली २०७१ सालमा एमालेको अध्यक्ष भएदेखि पार्टीमा घाँडो भएको बताए। ‘पार्टी एकतापछि पनि समस्यै भए’, उनले थपे । ओलीलाई गणतन्त्रको माया नभएको नेपालले आरोप लगाए।

प्रतिक्रिया