भारतबाट कोरोनाविरुद्धको खोप आज काठमाडौं आयो

काठमाडौं । भारतबाट कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ । नेपाललाई भारतले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आएइपुगेको हो । नेपालको लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेका छन् ।

गत बुधबार नेपाललाई भारतले १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई उपलब्ध गराएको हो ।

ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिने छ भने नगर प्रहरीले स्कर्टिङ गरी टेकुसम्म पुर्याउने बताइएको छ । त्यसपछि उक्त खोप स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको केन्द्रमा पठाइने छ ।

विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरसविरुद्धको खोप धेरै लामो सायपछि बल्ल बनेर नेपाल आएको छ । उक्त रोगबाट विश्वभर धेरै मानीसको मृत्यु भइसकेको छ भने केयौँ संक्रमित भएका छन् ।

यसैको उपचारका लागि आज कोरोनाविरुद्धको खोप लिएर केहीबेर अघि एयर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

प्रतिक्रिया