भक्तपुर सिरुटारमा नेपाल बंगलादेश बैक

काठमाडौ । नेपाल बंगलादेश बैंकले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १, सिरुटारमा शाखा विस्तार गरेको छ । यो बैकको ९९ औं शाखा हो । भक्तपुरमा उक्त शाखा बैकको तेस्रो हो । शाखाको औपचारिक उदघाटन पुर्व उद्योग मन्त्री महेश बस्नेतले गरेका हुन ।

उद्घाटन समारोह बैक संचालक समितिका सदस्य दिपक कार्कीको सभापतित्वमा भएको थियो भने सो अवसरमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैकले प्रदान गर्ने सेवाको बारेमा धारणा राखेका थिए । सो अवसरमा शाखा परिसरमा रहेको एटिएमको सुभारम्भ पनि प्रमुख अतिथी बस्नेतले गरेका थिए ।

बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको जनाएको छ । सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । सिरुटार शाखा सहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिग सुविधा दिंदै आएको छ ।

प्रतिक्रिया