नयाँ होन्डा सिटी बजारमा

काठमाडौं । नेपालका लागि होन्डा गाडीको अधिकृत विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डा सिटीको ५औं जेनरेसनलाई नेपाली बजारमा ल्याएकाे छ । होन्डा सिटी पहिलोपटक लन्च भएदेखि यसले सेडान कारको बजारमा आफ्नो पृथक पहिचान बनाएको हो । आकर्षक डिजाइन भएकोे होन्डा सिटीको सो जेनरेसनको लम्बाइ र चौडाइ अघिल्लो जेनरेसनभन्दा बढी रहेको छ । होन्डा सोलिड विइङ फेस डिजाइनमा आधारित होन्डा सिटीमा वन टच इलेक्ट्रिक सनरुफ, सार्क फिन एन्टेना, फुल एलइडी हेडल्याम्पका साथै ९ एरे इनलाइन सेल इनटिग्रेटेड एलइडी डीआरएल, एल आकार एलईडी टर्न इन्डिकेटर, जेड आकार थ्रीडी ¥याप एराउण्ड यूनिफर्म एलईडी साइड मार्क लाइटजस्ता अन्य धेरै विशेषता छन् ।
यसका साथै होन्डा सिटीले पहिलोपटक यो सेग्मेन्टमा एलेक्सा भ्वाइस सर्भिसमार्फत कार उपभोक्तालाई सामाजिक र डिजिटल संसारसँग जोड्ने बताएको छ । उत्कृष्ट माइलेज रहेको होन्डा सिटीको ७ स्पिड अटोम्याटिक ट्रान्समिसनमा १८.४ किमिप्रति लिटर र ६ स्पिड म्यानुयल ट्रान्समिसनमा १७.८ किमि प्रतिलिटरको माइलेज प्राप्त गर्न सकिनेछ । यसका साथै यस सेग्मेन्टमा लेन वाँच क्यामेरा भएको होन्डा सिटी पहिलो सेडान हो जसले गर्दा सहज पार्किङ गर्न सकिनेछ । आइ एसआरएस युक्त ६ एयर ब्याग रहेको यो कार आफ्नो सेग्मेन्टको सबैभन्दा सुरक्षित कार हो ।
धोवीघाट सोरुमबाट होन्डा सिटीको दुई भेरियन्ट होन्डा भीएक्स सीभीटी र जेडएक्स सीभीटी लन्च गरिएको छ । नेपाली बजारमा होन्डा सिटी भीएक्स सीभीटीको मूल्य ६५ लाख ९० हजार र होन्डा सिटी जेडएक्स सीभीटीको मूल्य ६९ लाख ९० हजार तय गरिएको छ ।

प्रतिक्रिया