एटिएम बुथको ढोका फुटाउँदै गरेका ३ जना पक्राउ

काठमाडौं । एटिएम बुथको ढोकाको शिसा फुटाउँदै गरेको अवस्थामा ३ जना पक्राउ परेका छन् । काठमाडौं कालिकास्थानस्थित एनआईसी एशिया बैंकको एटिएम बुथको ढोकाको शिसा फुटाउँदै गरेको अवस्थामा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बानेश्वर बस्ने बागलुङ गलकोट घर भएका २२ वर्षीय साहील खत्री, कालिकास्थान बस्ने बागलुङ गलकोट घर भएका २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन् । महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया