खोजखबर

‘ओलीले मनोमानी गरेका कारण पार्टी कमिटीले अनुशासनमा ल्याउन खोजेको हो’

सौर्य अनलाइन २०७७ माघ ४ गते १४:२३ मा प्रकाशित

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन्। जनताले प्रधानमन्त्री चुनेर पठाएको तर काम गर्न नदिएपछि जनतामाझ नै जाने ओलीको अभिव्यक्तिलाई खण्डन गर्दै यस्तो बताएका हुन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन।

हामीले बनाएका हौं। हाम्रो पार्टीले बनाएको हो। जनताले बनाउने भए त २७५ जना नै प्रधानमन्त्री हुन्थे। जनताबाट त २७५ जना निर्वाचित भएका हुन्।’ पार्टीले प्रधानमन्त्री बनाएकाले पार्टीको अनुशासन र निर्देशनमा चल्नुपर्ने उनको भनाइ थियो। पार्टीको सल्लाहअनुसार नचलेकै कारणले प्रश्न उठेको बताए।

उक्त प्रश्नबाट ओली भागेको उनको आरोप छ। उनको प्रश्न छ, ‘तपाईं साथीहरुको मन जित्न किन लाग्नुभएन ? किन भाग्नुभयो ?’ प्रधानमन्त्री ओलीले मनोमानी गरेका कारण पार्टी कमिटीले अनुशासनमा ल्याउन खोजेको बताए।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय