‘रङ डेस्टिनेसन’ को ट्रेलर

काठमाडौं । सम्राट बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘रङ डेस्टिनेसन’ को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नभए पनि चलचित्रमा अभिनेता धिरेन शाक्य, बुद्धि तामाङ, अभिनेत्री छुल्ठिम गुरुङ, सुगुन तण्डुकार, सञ्जय थापा, अनमिका लामिछाने लगायतका कलाकारको प्रमुख भूमिका छ ।

नेपालमा डरसँग सम्बन्धित चलचित्र निकै कम बनेको पाइन्छ । केही बने पनि तिनले व्यावसायिक सफलता पाउन सकेका छैन । यसैबीच बस्नेतले डरको विषयमा केन्द्रित रही नयाँ हरर थ्रिलर चलचित्र निर्माण गरेका हुन् । समिरा तण्डुकार, शर्मिला लामा तण्डुकार, सञ्जिला लामा, केन्द्र लिम्बू र जितेन्द्र कार्कीको निर्माणमा बनेको यस चलचित्रको कथा सगुन तण्डुकारले लेखेका छन् । त्यस्तै, सीमा गुरुङले पटकथा तथा संवाद लेखेको यस चलचित्रको पूरा लेखनकार्य भने पदमप्रसाद कँडेलले गरेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया