‘माधव–प्रचण्डले कार्यकर्ताको भावनालाई सम्मान गर्दै सच्चिएर फर्किनु आवश्यक’

काठमाडौं । नेकपाका स्थायी कमिटि सदस्य छबिलाल विश्वकर्माले प्रधानमन्त्री केपी ओलीको नेतृत्वले मात्रै समृद्धि ल्याउन सक्ने बताएका छन्।

नेकपाको प्रदेश–१ सम्पर्क मञ्चले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै नेता विश्वकर्माले केपी ओलीको नेतृत्व आएपछि राष्ट्र र राष्ट्रियताको सवालमा स्पष्ट दृष्टिकोण आएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै नेतृत्व गरेको नेकपा आधिकारिक हो। कसैले सडकमा गएर घोषणा गर्दैमा आधिकारिक हुन नसक्ने उनले बताए। माधव–प्रचण्डले कार्यकर्ताको भावनालाई सम्मान गर्दै सच्चिएर फर्किनु आवश्यक रहेको उनले बताए।

प्रतिक्रिया