मन्त्री नेम्वाङद्वारा कार्यकर्तालाइ निर्वाचनमा लाग्न आग्रह

पाँचथर । नेकपा पाँचथरले शुक्रबार बृहत कार्यकर्ता भेला गरेको छ । पाँचथरका सबै पालिकास्तरीय अगुवा कार्यकर्ताहरुको भेला भएको हो । उक्त भेलालाई सम्बोधन गर्दै नेपालसरका भौतिकपुर्वाधार तथा यातायामन्त्री बसन्तकुमार नेम्वाङले आगामी मध्यावधि निर्वाचनमा लाग्न सबै नेकपाका कार्यकर्तालाई आग्रह गरे ।

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै राष्ट्रको नेता भएको दाबी गरे । साथै उनले भूपरिवेश्ठित देशको नायक प्रम ओली नै भएको र कसैसँग नझुक्ने निडर भएकाले नेकपा भित्रको विवादका कारण मध्यावधी निर्वाचन गर्न बाध्य भएको बताए ।

मन्त्री नेम्वाङले दाहाल–नेपाल पक्षको कटाक्ष गर्दै सरकारको योजना देश विकास, बाटो, बिजुली, पुल, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकास संघ र प्रदेश सरकारले गरेको प्रगति सुनाउँदै भ्रष्टाचार निर्मुल अभियान भएको बताए ।

नेकपा पाँचथरको बृहत कार्यकर्ता भेलाको नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । नेता घिमिरेले कम्युनिष्ट आन्दोलनको ब्याख्या गर्दै पार्टी विभाजन नभइसकेको बताए । कार्यक्रममा विभिन्न कार्यकर्ताहरुले आ–आफ्ना भनाइ राखेका थिए ।

कार्यकर्ताहरुमा केन्द्रिय सदस्य आसारत्न जबेगु, संविधानसभाका सदस्य तथा केन्द्रिय सदस्य अईन्द्र शुन्दर नेम्वाङ, अनेरास्ववियु केन्द्रिय स्थाइ कमिटी दस्य कल्पना वाइवा लगायतले भनाइ राखेका थिए ।

प्रतिक्रिया