नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सिइओमा खतिवडा

काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन । बैंकमा रिक्त प्रमुख कार्यकारी अधिकृतको पद पूर्ति गर्ने प्रयोजनार्थ खुला पदपूर्तिबाट खतिवडा छनोट भएका हुन ।

सूचनामा उल्लेख भएका योग्यताका न्यूनतम मापदण्ड, शैक्षिक योग्यता, अनुभव, विजनेश प्लान, विजनेश प्लानको प्रस्तुतिकरण एवं अन्तर्वार्ता समेतको मुल्यांकनबाट अन्य प्रतिस्पर्धि भन्दा बढि नम्बर ल्याई योग्यता निर्धारणको रोलक्रममा खतिवडा एक नम्वरमा परेको कारण बैंक संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम १ गतेदेखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको बैकले जनाएको छ ।

उनले एमबिए, एमएस , सिएफए, सिएचई, सिपिथ्रिपि समेतको अध्यन सम्पन्न गरेका छन । हाल उनि इन्फ्रास्टक्चर बित्तमा विद्याबारिधी गर्दे रहेका छन । त्यसैगरी उनसंग एनआईविएल क्यापिटल मार्केट लिमिटेड, हाइडोइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, इन्भेष्टमेन्ट बोर्ड लगायतका विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको अनुभव रहेको छ ।

दीर्घकालिन स्रोत संकलन मार्फत देशको पूर्वाधार विकासका परियोजनामा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकले २ माघ देखिजारी पूँजीको ४० प्रतिशतले हुने ८ अर्ब रुपैंयाको ८ करोड रुपैयाको सेयर निष्काशन गर्दे छ ।

प्रतिक्रिया