नवनियुक्त मन्त्रीको पदभार ग्रहण आज

काठमाडौं । नवनियुक्त तथा मन्त्रालय हेरफेर भएका मन्त्रीहरुले आज पदभार ग्रहण गर्ने भएका छन्। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त तथा जिम्मेवारी हेरफेर गरेका मन्त्रीहरुले आज मात्रै पदभार ग्रहण गर्न लागेका हुन्।

शुक्रबार अबेर सपथ खाएका मन्त्रीहरु हिजो शनिबार बिदा परेकाले मन्त्रालय जान पाएनन्। राष्ट्रपति भण्डारीले शुक्रबार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा टोपबहादुर रायमाझी, सहरी विकास मन्त्रालयमा प्रभु साह, खानेपानीमा मणिचन्द्र थापा, तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा गौरीशंकर चौधरीलाई नियुक्त गरेका थिए।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश सिंह ठगुन्ना, वन तथा वातावरणमा प्रेमबहादुर आले, युवा तथा खेलकुदमा दावा लामा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा जुलीकुमारी महतोलाई नियुक्त भएका छन्।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीमा विमला विकलाई नियुक्त गर्नुभएको थियो । नयाँ मन्त्री थपिएसँगै केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर पनि गरिएको छ। सबै मन्त्रीले आज बिहान कार्यालय समयमा पदभार ग्रहण गर्न लागेका हुन्।

प्रतिक्रिया