प्रभावकारी बन्दै मोरङमा माछा तथा धान जोन

विराटनगर । प्रधानमन्त्री कृषि आधुुनिकिरण परियोजना अन्र्तगत संचालित माछा तथा धान जोन कार्यक्रम मोरङमा प्रभावकारी वन्दै गएको छ । माछा जोन कार्यक्रम संचालन आएपछि ७ सय ६१ हेक्टर क्षेत्रफल जग्गमा नया माछा पोखरी विस्तार भएको छ । कार्यक्रम संचालन हुुनुअघि जिल्लामा २ सय ४० हेक्टर जग्गामा पोखरी विस्तार भएको थियो । परियाजना अन्र्तगत जोन संचालन आएपछि कामका लागी विदेशिने युुवाहरुसमेत अहिले अनुुदानमा पोखरी खनेर माछापालन व्यवसायमा लागेको प्रधानमंत्री कृषि आधुुनिकिकरण परियोजना कार्यान्वयन इकाई विराटनगरका प्रमुुख विनोदकुुमार मण्डलले वताए । परियोजनाको सहयोग वजारको सहजता, कम लागत र कम जनसक्ति लाग्ने भएकाले माछा व्यवसाय फस्टाएको हो ।

जोनमा १३ सय ९ जना कृषकहरु समुुहमा आवद्ध छन । कटहरी , धनपालथान गाउपालिका तथा रंगेली नगरपालिकामा संचालित सो कार्यक्रम अहिले सुुनवर्सी नगरपालिका र ग्रामथान गाउपालिकामा समेत विस्तार भएको छ । परियोजना संचालनमा आएपछि जिल्लमा उल्लेखनिय रुपमा माछा उत्तपादन वढेको पाइएको छ । अहिले प्रतिहेक्टर ४ दशमलव ८ मेट्रिक टन तथा वार्षिक १२ सय मेट्रिकटन माछा उत्तपादन हुुदै आएको छ ।

परियोजनाले किसानलाई अनुुदानमा पोखरी खन्न जेसिपी तथा माछाको भुुरा तथा दाना ढुुवानीका लागी ट्रक समेत उपलव्ध गराएको छ । परियोजनाले दाना उधोग संचालन गर्नुुकासाथै कर्सिया र तकियामा गरि दुुई स्थानमा हयाचरी संचालनमा ल्याएको छ । त्यस्तै कटहरी तथा नेताचौकमा गरी तीन ठाउमा प्राथमिक प्रशोधन उधोग संचालनमा ल्याइएको छ । त्यस उधोगमा विभिन्न परिकार वनाएका माछा उपभोग गर्न पाइने तथा देखि डि फ्रिजमा राखेका माछा तथा पोखरीवाट तत्काल निकालेको जिउदो माछा उपभोक्ताले सहज रुपले पाउने व्यवस्था मिलाइएको छ ।

जोन कार्यक्रम अन्र्तगत गतवर्ष परियोजनाले २१ स्थानमा वोडिङ जडान गर्नुुकासाथै १६ जना किसानलाई पानी तान्ने मोटर, ४१ जना किसानलाई माछा तौलगर्ने डिजिटल काटा , ५९ जना किसानलाई पिएच मिटर ६ जनालाई एरियेटर मेशिन गरी गत आर्थिक वर्षमा ४ करोड २५ लाख २६ हजार मुुल्य वरावरको कृषि उपकरण वितरण गरिएको परियोजना इकाई प्रमुुख मण्डलले वताए ।

एक हेक्टर जग्गमा तिनवटा पोखरी खन्नुु भएका धनपालथानका हरिहर पन्तले माछापालनवाट वार्षिक दुुइ लाखसम्म आम्दानी हुुने गरेको वताए । एक हेक्टर पोखरी खन्न परियोजनाले ३ लाख रुपैया अनुुदान दिएको उनले वताए । माछा व्यावसायमा वढी फाइदा हुुने देखेपछि परियोजना अन्र्तगत किसानले एक हेक्टरदेखी १० हेक्टर जग्गामा पोखरी खनेको पाइन्छ । त्यसैगरि पुुर्वी मोरङको रतुुवामाई नगरपालिकाको पाचवटा वर्डामा परियोजना अन्तर्गत धान जोन कार्यक्रम संचालन हुुदै आएको छ । दुुईवर्ष अघि संचालिन धान जोन कार्यक्रमवाट ६, ७ , ८ , ९ र १० नम्वर वर्डाका १६ सय ३१ किसान लाभान्वित भएका छन । गतवर्ष ५ सय हेक्टरमा संचालन हुुदै आएको सो कार्यक्रम अहिले एक हजार हेक्टर क्षेत्रफलमा संचालन हुुर्दै आएको छ ।

कार्यक्रम अन्तर्गत किसानलाई सिचाईका लागी १ सय ७५ स्थानमा वोर्डिङ जडान गर्नुुका साथै पम्पसेटसमेत वितरण गरेको छ । त्यस्तै ८ जना किसानलाई पावर टेलर , दुुइवटा टयाक्टर त्यसमा प्रयोग हुुने हलो , धान काटने कम्वाईन हाडवेस्टर मेशिन तथा ३ सय किसानलार्इृ औषधि छर्कने स्प्रे मेशिन वितरण गर्नुुकासाथै धान सुुकाउन चटालसमेत निर्माण गरेको मण्डलले वताए । कार्यक्रम अन्र्तगत किसानलाई उन्नत जातको धानको विउ वितरण गर्नुुका साथै विभिन्न प्राविधिक सहयोगसमेत उपलव्ध गराउदै आएको छ । जसका कारण धान जोन कारण गत वर्ष १० प्रतिशतले धान उत्तपादनमा वृद्धि भएको परियोजनाले जनाएको छ । माछा जोन र धान जोन कार्यक्रम प्रभावकारी वन्दै गएपछि मोरङका अन्य गाउपालिकाामा तरकारी, तोरी तथा मकै जोन संचालन गर्ने तयारी भइरहेको परियोजनाले जनाएको छ ।

प्रतिक्रिया