इलाममा ४० वर्षीय पुरुषबाट १७ वर्षीया किशोरी बलात्कृत

इलाम। १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ईलाम नगरपालिका–१ बस्ने ४० वर्षीय भिम राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

भिमले ती किशोरीलाई कात्तिक ३ गते बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया