डोटीमा भिरबाट जीप खस्याे, तिन जनाको मृत्यु पाँच घाईते

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। भने अन्य ५ जना घाइते भएका छन् । दिपायलबाट चवराचौताराका लागी हिडेको म १ च ५५० नम्बरको जिप दुर्घटना भएको हो। जीप करीब भिरबाट २०० मिटर तल खसेको छ।

मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष २८ की मञ्जु त्रिपाठी र उनकी सासू आमा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका वडा नं ४ चनेकेसैन निवासी कृर्षि प्राबिधिक हरि भट्ट रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए। भने टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, हेमन्त भट्ट, चालक कैलाश बम र मृतक मञ्जु त्रिपाठीका तिन वर्षीय छोरा घाइते भएका छन् ।

घाइतेहरूलाई दिपायल पठाइएको घटनास्थलमा उद्धारमा खटिएका बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए। रातिको समय भएकाले बितृत बिबरण आउन बाकि रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए।

प्रतिक्रिया