खोजखबर

जीप दुर्घटनामा एकको मृत्यु

सौर्य अनलाइन २०७७ मंसिर २० गते २०:४१ मा प्रकाशित

दाङ । आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ असारेमा लुम्बिनी प्रदेश ३–०१–०२२च ६३६९ नंको जीप अनियन्त्रित भएर सडकबाट खेतमा पल्टिँदा घोराही –१७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय उमाकान्त घिमिरे र घोराहीका ३६ वर्षीय समिर पन्त घाइते हुनुभएको छ । घाइते दुवैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय