सवारी दुर्घटनामा एक को मृत्यु, २ घाइते

पाँचथर । मेचीराजमार्ग अन्र्तगत पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ स्थित सडक विभाग छेउमा गएराती भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम १ निवासी अर्जुन शंकर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै गम्भिर घाइते भएका धरान उपमहानगरपालिका १ का पर्वत गुरुङ, र झापा गरामुनि १ बस्ने २१ वर्षिय अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक डम्बर विश्वकर्माले बताए । स्वच्छन्द कन्काई निर्माण सेवाको बा १९ च ५७३६ नम्बरको डबल क्याप पिकअप फिदिम देखि जोरसाल जाने क्रममा अनियन्त्रित भई सडक बाट करिव डेढ सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।

प्रतिक्रिया