नेकपा सचिवालयको बैठकमा बालुवाटारमा मनाइयो केक काटेर विष्णु पौडेलको जन्मदिन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समयमा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको जन्मदिन केक काटेर मनाइएको छ ।

उनी आजबाट ६१ वर्ष पूरा गरी ६२ वर्षमा प्रवेश गरेका छन् । पौडेलको जन्मदिन प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको हो ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पौडेललाई जन्मदिनको शुभकामना दिएर केक काटेको जानकारी दिए । पौडेललाई प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुश्पकमल दाहाल ‘प्रचण्ड’ ले केक खुवाउँदै शुभकामना दिएका छन् ।

प्रतिक्रिया