बल्र्डलिंक मेरिट पुरस्कारबाट सम्मानित

काठमाडौ । इन्टनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्स अन्तराष्ट्रिय स्तरको मेरिट पुरस्कारबाट सम्मानित भएको छ । नेपालका कर्णाली प्रदेशसहित विभिन्न विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पु¥याएको भन्दै डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ जित्न कम्पनी सफल भएको हो। यो पुरस्कार पाउने वल्डलिंक नेपालको पहिलो कम्पनी बनेको छ ।

२०२० नोभेम्बर १९ मा वल्र्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विटसा)ले मलेसियाको पेनांङमा आयोजित २०२० टेकफेष्ट लाइभ रोड–टु–विट्सा मलेसिया हाइब्रिड कार्यक्रममा उक्त पुरस्कार घोषणा गरेको पनि वल्डलिंकले जनाएको छ । सन् १९७८ मा स्थापित वल्र्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विटसा) आईसीटी उद्योग संघ सदस्यको अग्रणी संस्था हो ।

यसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्था आबद्ध भएका छन । वल्र्डलिंक कम्युनिकेसन्सका अध्यक्ष तथा प्रबन्धनिर्देशक दिलीप अग्रवालले डिजिटल नेपाल निर्माण गर्ने प्रयासलाई ठूलो सम्मान भएको बताएका छन । इन्टरनेट सेवाहरूको साथ देशको कुना कुनामा पुग्न निरन्तर काम गरिरहेको र सबैको जीवनलाई समृद्ध बनाउनका लागि डिजिटल प्लेटफर्मलाई सक्षम बनाउँदै लगेको उनको भनाई रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया