सुुख्खा बन्दरगाह निर्माण तिव्र गतिमा

काठमाडौं । काठमाडौं उपत्यकाको चोभारमा निर्माणधिन सुख्खा बन्दरगाह निर्माण धमाधम भइरहेको छ । आगामी जेठसम्म सञ्चालनमा ल्याउने लक्ष्य रहेको बन्दरगाह निर्माणको काम ५५ प्रतिशत सकिएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिले कोरोनाका बाबजुद पनि आयोजनाको काम तीव्र गतिमा भइरहेको जनाएको छ ।

समितिले तोकिएकै समयमा निर्माण सम्पन्न गरेर बन्दरगाह सञ्चालनमा ल्याइने जनाएको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत दुई सय २८ रोपनी जग्गामा बन्दरगाह निर्माणको काम भइरहेको हो । विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा आयोजना अघि बढेको हो ।

आयोजनाको भित्री सडक, कार्यालय भवनलगायत संरचना निर्माण सम्पन्न भएको जनाइएको छ । आयोजना सम्पन्न भए काठमाडौं केन्द्रित व्यापारीहरुले आफ्नो सामान सोझै चोभारस्थित काठमाडौं बन्दरगाहमा ल्याएर व्यापार व्यवसाय गर्न पाउने भएका छन् । निर्यातजन्य सामग्री अन्य मुलुकमा पठाउन पनि यहीँबाट काम गर्न सक्छन् ।

बन्दरगाहमा एउटा मूख्य प्रशासनिक भवनको साथै अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका कार्यालय राखिनेछ । समितिका अनुसार आयात र निर्यातका लागि छुट्टाछुट्टै टर्मिनलहरु निर्माण हुनेछ । ६ सय कन्टेनर अटाउने क्षमताको निर्माणधिन बन्दरगाह करिव २ सय रोपनी क्षेत्रफलमा फैलने जनाइएको छ ।

एक वर्ष ६ महिनामा नै निर्माण सम्पन्न गर्ने गरी २०७५ जेठमा आयोजनाको ठेक्का सम्झौता भएको थियो । तर वातावरण प्रदुषण, मुआब्जा लगायत कारण देखाएर स्थानीयको निरन्तरको अवरोधले ८ महिनापछि मात्रै आयोजनाको शिलान्यास भएको थियो । स्थानीयको अवरोध र कोभिडका कारण निर्माणमा झनै ढिलाई हुन पुगेको छ । आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सिलान्यास गरेका थिए ।

निजगढ दुर्त मार्ग, दक्षिणमा भारतसँगको रेलमार्ग, उत्तरमा चीनको केरुङ रेलमार्ग र बाहिरी चक्रपथसँग जोडिने यो वन्दरगाह ब्यापारिक गतिविधिका लागि सामरिक महत्वका साथै निकै सस्तो हुने बताइएको छ ।

प्रतिक्रिया