निर्माण सामाग्रीको अधिक मूल्य वृद्धि

काठमाडौं । कोभिड १९ को महामारीबीच निर्माण सामाग्रीको मुल्यमा अधिक बृद्धि भएको छ । नेपाल निर्माण व्यवसायी महासंघले फलामजन्य निर्माण सामाग्री, विभिन्न साइजका डण्डी, पाता, पत्ति, जी.आई तार, ग्याविन तार उत्पादक कम्पनीले र नदीजन्य निर्माण सामग्री ढुङ्गा, बालुवा गिट्टीमा विभिन्न व्यवसायीहरुले अत्याधिक मूल्य वृद्धि भएको ठहर गरेको हो ।

‘फलामजन्य निर्माण सामाग्री उत्पादक कम्पनीले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मुल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपात भन्दा अत्याधिक रुपले मूल्यबृिद्घ गरी मिलोमतो गरेको देखिएको छ ’ महासंघका महासचिव रोशन दाहालद्धारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । अहिलेको मुल्यवृद्धि कुनै पनि दृष्टिकोणबाट व्यवहारिक तथा वैज्ञानिक नदेखिएको महासंघले जनाएको छ । त्यसैगरी देशको कुनैपनि स्थानबाट नदीजन्य सामाग्रीको उत्खनन र बिक्री वितरण गर्न नपाइने गृह मन्त्रालयको हालैको निर्णयप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ ।

गृहको निर्णय बमोजिम निर्माणाधिन परियोजनाहरुमा ढुंगा, गिट्टी, बालुवाको चरम अभाव भई परियोजना नै ठप्प हुन सक्ने अवस्था देखिएको प्रति महासंघले सरोकारवाल सबै निकायको ध्यानाकर्षण गराएको छ । सरकारको यस निर्णयबाट आग्रह र पूर्वाग्रह रुपले क्रसरहरु बन्द हुन गएको र यसबाट अभाव र्सिजना हुन गई खानीजन्य निर्माण सामग्रीहरुमा सिमित व्यवसायीहरुको मिलोमतोमा अत्याधिक मूल्यबृिद्घ गराई कालोबजारी गरेको गुनासो महासंघलाई प्राप्त भएको पनि उस्ले जनाएको छ ।

ढुङ्गा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मुल्य बृद्घ भएको महासंघले जनाएको छ । महासंघका अनुसार कोभिड १९ का कारण सिर्जित चौतर्फी समस्याले एकातिर काम गर्न समस्या भइरहेको छ भने मुल्यवृद्धि गरी कालोबजारी हुँदा साना निर्माण व्यवसायीहरु बाह्र महिना भन्दा कम अवधि भएका निर्माण आयोजनाको मुल्य समायोजन नहुँदा थप समस्यामा परेका छन ।

व्यवसायीमैत्री ऐन कानुनको अभावमा एकपछि अर्को गरी विविध समस्या झेलिरहेका निर्माण व्यवसायीहरु बेला बखत सिर्जना भइरहने यी र यस्तै समस्याका कारण प्रताडित हुने गरेकोमा उस्ले सरकराको ध्यानाकर्षण गराएको छ । अन्य विविध कारणले निर्माण परियोजना समयमै नसकिँदा अरु पक्ष नै जिम्मेवार हुँदाहुँदै एकोहोरो रुपमा व्यवसायीमाथि मात्र दोषारोपण गर्ने प्रवृत्ति लामो समयदेखि देखिँदै आएको महासंघको भनाइ छ । विषम परिस्थितिकाबीच निर्माण कार्य गर्ने सिजनको मौका छोपी एकातिर निर्माण कार्यको लागत बढाउने र अर्कोतिर यसको फाइदा उठाउँदै मूल्यमा गरिएको कालोबजारीलाई तत्काल रोक्न महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया