संचय कोषको कर्जा बिओकेबाट भुक्तानीको व्यवस्था

काठमाडौं । कर्मचारी संचय कोषबाट ग्राहकले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्ड (बिओके) का सबै शाखा कार्यालयबाट भुक्तानी गर्न सकिने छ ।  संचय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीले साँवा तथा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्न संचय कोषमा नगई बैंकको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

यस सुबिधाबाट ग्राहकको समय बचत हुने र बिना झन्झट सजिलै बैंकको शाखा कार्यालयबाट झुक्तानी गर्न सकिने छ ।
बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत ग्राहकलाई बैंकिग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया