खोजखबर

वरिष्ठ नेता नेपालद्वारा पार्टीको नीति र सिद्धान्तलाई आत्मसात् गर्न आग्रह

सौर्य अनलाइन २०७७ मंसिर १० गते १८:३४ मा प्रकाशित

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गर्दै अगि बढे विद्यमान सबै समस्याको समाधान निस्किने बताएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको नवनिर्मित भवनको आज उद्घाटन गर्दै नेता नेपालले ठूलो बलिदानी र त्यागले निर्माण भई जनताको माझ स्थापित नेकपालाई कसैले चाहँदैमा कमजोर गर्न नसकिने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कर्मचारीको सरुवाबढुवामा देखिएका अनियमिता समाप्त पार्न गुणदोषका आधारमा मूल्यांकन गर्ने पद्धतिको विकास आवश्यक रहेको धारणा व्यक्त गरे ।

नेता नेपालले कोरोना संक्रमणको जोखिम यथावत् रहेकाले मास्कको प्रयोग, भौतिक दूरीको पालना र स्वाथ्य सचेतता अपनाउन सबैलाई आग्रह गरे ।

नेपाल कर्मचारी सङ्गठन पर्साका अध्यक्ष अमित गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरुलाई पूर्वप्रधानमन्त्री नेपालले सम्मान गरेका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय