ब्रुकलेन क्रिमरी आइसक्रिम बजारमा

काठमाडौं । ज्योति ग्रुपले जिएफपिएलसँग साझेदारी गरी नेपालमा ‘द ब्रुकलेन क्रिमरी’ आइसक्रिम बजारमा ल्याएको छ । यो एक कम क्यालोरी भएको रियल डेरी आइसक्रिम हो । यसमा हरेक स्कुपमा मात्र ७५ क्यालोरी रहेको छ ।

सन् २००७ मा सन् इन्टरनेशनलइन कर्पोरेटेड प्रालि बाट खाद्य उद्योगमा ज्योति ग्रुपले उक्त कम्पनी मार्फत वर्षौंदेखि आइसक्रिमको व्यापारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको पनि विज्ञप्तिमा उल्लेख छ । मुलुकभर तिव्र गतिमा आफ्नो डिस्ट्रिब्युसन च्यानल र अफिस विस्तार गर्ने क्रममा रहेको यस ब्राण्डलाई अझ उचाइमा पु¥याउनका लागि हस्पिटालिटी र रिटेल क्षेत्रका दक्ष तथा समर्पित टीमको साथ रहेको छ ।

ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठका साथै ज्योति ग्रुपका टिमको उपस्थितिमा काठमाडौंमा द बु्रकलेन क्रिमरीलाई लन्च गरिएको थियो । यसै लन्च इभेन्ट मार्फत भिगन आइसक्रिम, चकलेट बारस्, फ्रुट बारस् र आइसक्रिमका विभिन्न प्रकार लन्च गरिएको थियो । हालको समयमा द ब्रुकलेन आइसक्रिम अनलाइनमार्फत बिक्री भइरहेको र आउँदो समयमा नेपालका विभिन्न आउटलेटबाट यसको बिक्री वितरण गरिने पनि विज्ञप्तिमा उल्लेख छ । यस्को मुल्य एक सय एमएलको २ सय २५ रुपैयाँ र ४ सय ५० एमएलको ७ सय ७५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया