बीओके क्यापिटलको पाँचाैं वार्षिक साधारण सभा

काठमाडौं । बीओके क्यापिटल लिमिटेडको पाँचांै वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाले आव २०७६/७७ को वित्तीय विवरण पारित गर्नुका साथै आव २०७६/७७ सम्मको सञ्चित नाफाबाट चुक्ता पुँजी २१ करोडको ४.५ प्रतिशतका दरले हुने रकम ९४ लाख ५० हजार नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सभाले क्यापिटलले सामूहिक लगानी कोषको कोष व्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रतिक्रिया