झन् झन् खराब खेल्दै मार्सेलो

स्पेन । सबैलाई मौका दिने रणनीति अनुसार नै हुनुपर्दछ रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आइतबार ला लिगामा भ्यालेसिन्याविरुद्ध मार्सेलोलाई पहिलो रोजाईमा खेलाए । तथ्याङ्कले भन्छ यो सिजन ब्राजिलियन समावेश ५ मध्ये ३ खेलमा रियल पराजित भएको छ । भ्यालेन्सियाले रियललाई ४–१ को फराकिलो अन्तरले हराएको थियो । खेलमा रियलले ३ पेनाल्टी र अर्को आत्मघाती गोलको सामना गरेको थियो । मार्सेलो खेलेको बढी जस्तो खेल हार्नु अब संयोगमा मात्र होइन, प्रवृति जस्तै हुन थालेको छ ।

धेरै समय अघिको कुरा होइन मार्सेलो विश्वकै उत्कृष्ट लेफ्ट ब्याक मध्येका थिए । तर अहिले परिस्थिति बदलिएको छ । उनको खेल्ने शैलीले पछिल्लो समय टोलीमाथि दबाब बढीरहेको छ । उनी आफ्नो वास्तविक ठाँउमा कमै मात्र हुन्छन् ।
उनी विपक्षीले आक्रमण गर्दा उनी ढिला गरि मात्र आफ्नो ठाँउमा पुग्छन् , जसले टोलीमाथि दबाब बढ्ने गर्छ र विपक्षीलाई फाइदा पुग्न सक्छ । अथवा उनी अनावश्यक पेनाल्टी पनि दिन सक्छन् । उनले आफ्नो जोनमा धेरै मेहनत गरेको देखिदैन ।

मार्सेलोको आक्रमणको विषय भने फरक छ । उनी जहिले पनि समर्थकलाई आश्चार्यमा पार्छन् । उनी कतिबेल आक्रमण क्षेत्रमा पुग्छन् थाहा नै हुन्न । तर, अब क्रस निकाल्ने र विपक्षीलाई खतरामा पार्ने उनको त्यो क्षमतामा पनि कमी आउन थालेको देखिन्छ । बरु उनको त्यो शैलीले आक्रमणमा प्रभाव पार्दै आएका भिनिसिस जुनियरले आफ्नो ठाँउ छाडेर खेल्न बाध्य हुन्छन् ।

फर्लान्ड मेन्डी उपलब्ध हुँदाहुँदै लामो समयदेखि मौका नपाएका कारण जिदानले मार्सेलोलाई मौका दिएका थिए । तर कहिले सम्म यसरी जोखिम उठाउन सकिन्छ जिदानले सोच्नुपर्ने अवस्था छ । खराब समयमा मार्सेलोलाई खेलाउनु भएको विपक्षीलाई फाइदा पुर्याउने बराबर हो । अहिलेको समयमा लुकास भाजक्वेज आपतकालिन अपस्थाका लागि राइट ब्याकमा खेलाउन सकिन्छ । कोरोना भाइरसका कारण कासिमेरो नहुँदा रक्षापक्तिमा यसै पनि कठिनाई छ ।

राफायल भारेनले पनि सर्जियो रामोसलाई सजिलो बताएका छैनन् । त्यसमाथि मार्सेलो खेलाउन थप जोखिम मोल्नु जस्तै हो । यस्तै निर्णय गर्दै जाने हो भने जिदानका लागि ती आत्मघाती निर्णय हुन सक्छन् । ध्यानलाई मोड्नका लागि मात्र पेनाल्टी र दुर्भाग्य वहाना हुन सक्छन् । इस्को अर्का खेलाडी हुन् जसले खेलमा केहि प्रभाव पारेनन् । तर, कम्तीमा उनले आत्मघाती गोल भने गरेनन् । यी दुई खेलाडीका बारेमा चित्त बुझाउने विषयमा भनेको उनीहरु केहि अघि सम्म पनि स्तरीय प्रदर्शन गर्ने खेलाडी हुन् ।

प्रतिक्रिया