पाँचथरमा नेकपाको वडास्तरीय राजनैतिक प्रशिक्षण सुरु

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी नेकपा पाँचथरले सबै पालिकामा वडास्तरीय राजनैतिक प्रशिक्षण अभियान गाउँ–गाउँमा सुरु गरेको छ ।  अभियान यहि कार्तिक १३ गतेदेखि सञ्चालन भई २७ गते सकिने नेकपाका जिल्ला सचिव होबहादुर जवेगुले जानकारी दिए ।

जिल्लाका ६० वटा वडास्तरीय विभिन्न विषयमा प्रशिक्षण दिइरहेको पार्टी अध्यक्ष राजकुमार भण्डारीले बताए । भण्डारीका अनुसार विभिन्न विषयमा प्रशिक्षणका लागि भिन्न–भिन्न मिति तय गरी आठ ओटा टोली परीचालन गरिएको छ । प्रशिक्षणमा वडाक मिटीका पदाधिकारी, सदस्यहरु, वडाका पार्टी संगठीत सदस्य , विभिन्न तहका नेता, जनप्रतिनिधि लगायत अन्य कार्यकर्ता सहभागि हुने जनाइएको छ ।

 जिल्लामा पार्टीले सबै वडा कमिटीहरुमा, सचिवालयको निर्णय पत्र गाउँस्तरमा कार्यक्रमका लागि सरकुलर पठाएको छ । प्रशिक्षणमा केन्द्रिय सदस्य, र प्रदेश कमिटी सदस्य जिल्ला तहका सचिवालय सदस्यलगायत नेताहरुले प्रशिक्षण दिइरहेका छन् । उक्त प्रशिक्षणका लागि जिल्लाबाट तोकिएका नेता, कार्यर्ताहरुले तोकिएको विषयमा केन्द्रित भएर तोकिएको समय सीमा भित्र आ–आफ्नो विषयमा प्रस्तुत गर्नुपर्ने निर्देशन गरिएको छ ।

प्रशिक्षणका वक्ताहरुले, पार्टी एकिकणको महत्व र त्यसले पारेको सकारात्मक प्रभाव, एकिकृत पार्टी सैद्धान्तिक र बैचारिक प्रस्तावना हिँजो र आज के भिन्नता छ, पार्टी सदस्यता प्राप्ती, समाप्ती र नविकरण किन गर्नु पर्छ ? संगठीत सदस्यको महत्व, वर्तमान सरकारका काम कर्तब्य, विकासको अवस्था, हाम्रो दाइत्व र भूमिकालगायत षियमा, समय निर्धारण गरि कार्यक्रम तय गरीएको छ ।

यसअघि पालिका स्तरिय प्रशिक्षण सञ्चालन गरिएको थियो । सो प्रशिक्षणका लागि नेताहरु गाउँ–गाउँमा पुगिसकेको अवस्था कार्यालय सचिव तथा सचिवालय सदस्य पृथीवी लावतीले जानकारी दिए ।

‘यो प्रशिक्षणले पार्टी सुद्धिकरण र अनुसाशित, स्थापित, प्रशिक्षित, समाजवाद उन्मुख रहनेछ’, नेकपाका युवा नेता तथा प्रदेश १ कमिटि सदस्य हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ ले भने । सो प्रशिक्षणमा विभिन्न स्थानबाट विभिन्न पार्टीका कार्यकर्ताहरु पार्टी परीत्याग गरी नेकपामा प्रवेश गरेको जनाइएको छ ।

प्रतिक्रिया