नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । नेकपाले कात्तिक १५ देखि १७ गतेसम्म बैठक निर्धारण गरेका थियो ।

बैठक स्थागित गरिएको बारेमा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर जनाकारी गराएका छन् । अर्को बैठक मंसिर १५ देखि १७ गतेसम्म आयोजना गरिएको विज्ञप्तिमा जानकारी गराइएको छ ।

बढ्दो कोरोना महामारीको प्रकोपका कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको उनीहरुले विज्ञप्तिमा जनाएका छन् ।

प्रतिक्रिया