साथीको हत्या गरि फरार रहेका सुनार फक्राउ

काभ्रे । सांस्कृतिक कार्यक्रममा साथीको हत्या गरि फरार रहेका सुवास सुनार फक्राउ परेका छन् । हत्याको पुष्टि हुँदा पनि हालसम्म फरार रहँदै आएका सुनारलाई २३ गते प्रहरीले पक्राउ गरेको हो ।

२०६९ कार्तिक ८ गते बेलुका ७ बजेको समयमा प्रतिबादी काभ्रे जिल्ला साबिक चलाल गणेशस्थान गाबिस वडा नं.०३ हाल बेथानचोक गाउँपालिका– ४ बस्ने वर्ष २२ का सुवास सुनार समेतले साबिक चलाल गणेशस्थान गाबिस वडा नं. ३ हाल बेथानचोक गा.पा.वडा नं. ४ चलाल गणेशस्थानमा लागेको सांस्कृतिक कार्यक्रममा भाग लिई कार्यक्रम सकेर सोही कार्यक्रम स्थलबाट बाहिर निस्कने क्रममा जाहेरवाला मंगल बहादुर तामाङका छोरा वर्ष १८ का एन्जल तामाङलाई कुटपिट गरी छुरा प्रहार गरेर मारी फरार भएका थिए ।

यस्तैमा निज फरार रहेकालाई प्रहरीले ०७७ असोज २३ गते दिउँसो ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यलय बनेपाबाट प्रहरी प्रमूख निरीक्षक योगेन्द्र तिमिल्सिना समेतको टोलीले खोजतलाश गर्दै जाने क्रममा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका– ९ स्थितमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएको छ ।

पक्राउ परेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यलय काभ्रेको च.न. ७६३ मा २५ गतेको पत्रसाथ आवश्यक कारबाहीको लागि जिल्ला अदालत काभ्रेमा दाखिला गरिएको थियो । जिल्ला अदालतले पनि च.न.१२१ मा २५ गतेको आदेशले नै निज प्रतिबादी सुनारलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम जिल्ला कारागार कार्यालय धुलिखेल काभ्रेमा थुनामा राख्न पठाईएको छ ।

प्रतिक्रिया