राप्रपाले बनायो केन्द्रीय कार्यसम्पादन समिति (नामावलीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाश चन्द्र लोहनीसहितको ९८ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । यसअघि नै राप्रपाले ८२ जनाको केन्द्रीय कार्यसम्पादन समिति गठन गरेकोमा निर्वाचन आयोगले आधिकारिता दिएसँगै थप संख्या विस्तार गरेर ९८ सदस्यीय बनाएको हो ।

यस्तै राप्रपाले केन्द्रीय समिति समेत विस्तार गरेर ७२७ सदस्यीय बनाएको छ । राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण भएपछि हाल राप्रपाको चुनाव चिन्ह हलो रहेको छ भने पार्टीको झण्डा गाई कायम भएको छ । चुनाव चिन्हको विषयमा नेताहरुबीच लामो विवाद रहेकोमा केही पहिलेमात्रै हलोमा सहमति भएर पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो ।

प्रतिक्रिया