पर्साको ग्रामिण क्षेत्रमा पहिलो मन्दिर पुनःस्थापना

पर्सा । जिल्लाको ग्रामिण क्षेत्रमा पहिलो मन्दिर पुनः स्थापना गरिएको छ । धोबिनी गाउँपालिका–३ हरिहरपुरमा रहेको श्रीराम जानकी मन्दिर निर्माण कार्य स्थानियहरुको सहयोगबाट सुरु भएको र गाउँपालिकाले सहयोग गरी निर्माण कार्य सम्पन्न गरेको उक्त मन्दिरका पूजारी शम्भु दास त्यागी लांगडाले जानकारी दिए ।

२० वर्षदेखि श्रीराम जानकिको मुर्ति एउटा फुसको झोपडीमा स्थापना गरि पूजापाठ गर्दै आईरहेको पूजारी शम्भु दासले बताए । पूजारीले भने, ‘२० वर्ष पहिला जब म, यहाँ आएँ जब यो ठाउँमा केही थिएन, यो ठाउँमा जंगल जस्तो खरपात उब्जेको थियो, यो ठाउँमा बिसालु सर्पहरुको बास थियो, यो ठाउँलाई सरसफाइ गरि एउटा फुसको झोपडीमा श्रीराम जानकी माताको नाउँमा मुर्ति स्थापना गरि पूजापाठ गर्दै आईरहेको थिइयाे ।’

उनका अनुसार सोही ठाउँमा एउटा पोखरी रहेको थियो । पोखरीलाई सरसफाइ गरि सुन्दर र चम्किलो बनाएर राखिरहको थियो । पूजारीले पुनः थपे, ‘मेरो पुरै जिन्दगी यसैमा संघर्षले बित्यो, सानैदेखि बाल ब्रहम्चार्य भएर मठमन्दिरमा आएर बसेको थिएँ, मेरो खानपिन कुनै ग्यारेन्टी थिएन, लागि कसैको घरमा माग्न पनि गइन, कसैको इच्छा लागेपछि मेरो कुटियामा पुर्याइ दिन्थे, नत्र भोकभोकै बसेर आफ्नो जिन्दगी गुजारी रहेको थिएँ’, अपांग पूजारीलेभने ।’ उनले आफ्नो खुट्टामा समस्या भएको सुनाए ।

भगवानको कृपाले आफू बाँचेको महसुस् उनको छ । ‘यो ठाउँमा मैले बगवानी बनाएको छु, यहाँ सबै किसिमका फलफूलको बोट बिरुवाहरु रोपिसकेको छु, यहा यो स्थानमा बगवानीको रुपमा हेर्न सकिने छ’, उनले भने । यहाँका धार्मिक तथा एेतिहासिक मठमन्दिरहरु विकास र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

तीन वर्ष पहिला स्थानियहरुले यहाँको स्थलगत अनुगमन गरेर नयाँ सोच ल्याइ पोखरीमा श्रीराम जानकी मन्दिर निर्माण गर्न योजना बनाएर, यो पोखरीमा श्रीराम जानकी मन्दिरको निर्माण गरिएको भए पनि ग्रमािण क्षेत्रमा धार्मिक तथा ऐतिहासिक मठमन्दिरहरु विकास र प्रचारप्रसारको अभावमा ओझेल परिरहेका छन् ।

यस श्रीराम जानकी मन्दिरको दृस्य ग्रामिण क्षेत्रको पहिलो रहेको छ । श्रीराम जानकी मन्दिरको विकास र प्रचारप्रसार गरिदिएमा आन्तरिक तथा बाहिरी पर्यटकहरुको आगमन हुने र योभन्दा पनि राम्रो बनाउने सोच रहेको पूजारी लांगडा बाबाले बताए । पोखरीमा रहेको श्रीराम जानकी मन्दिरलाई हेर्न भारत, नेपालका पर्यटकहरु आगमन सुरु भएमा यो गाउँपालिका र यो क्षेत्रको विकास हुने विश्वास पूजारीको रहेको छ ।

उक्त मन्रिको निर्माण कार्यमा स्थानियहरुको सहयोग बाट सुरु गरेको र धोबिनी गाउँपालिकाले पनि सहयोग गरेको वडा नं ३ का अध्यक्ष राजकिसोर पटेलले बताए । लांगडा बाबाको ईमान्दारी र लगनसिलताको आशिर्वादले २० वर्षदेखिको लगानीका कारण फुसको झोपडी अन्त्य गरि श्रीराम जानकी माताको पुनः स्थापना गरि पूजापाठ भएपछि सो क्षेत्रका जनाताहरु धेरै खुशी भएको अध्यक्ष पटेलले बताए ।

साथै, धोबिनी गाउँपालिका–३ हरिहरपुर पोखरीमा रहेको श्रीराम जानकी मंदिर निर्माण कार्यमा गाउँपालिकाको समेत सहयोग रहेको गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद कुर्मीले बताए । यस ठाउँको विकास र पर्यटकिय स्थल बनाउनमा आफ्नो अहम भूमिका रहने अधयक्ष कुर्मीले बताए । पोखरी सुन्दरीकरण र मन्दिर निर्माण कार्यको लागी प्रदेश सरकारसँग पनि पहल भएको अध्यक्ष कुर्मीले बताए ।

प्रतिक्रिया