भेरी अस्पताल नेपालगञ्जमा कोरोनाबाट ५८ वर्षीय डाक्टरको मृत्यु

कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।उनको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिए ।

दुई साताअघि कोरोना संक्रमण पुष्टि भएका ५८ वर्षीय डा. सापकोटलाई प्रदेश अस्पतालमा श्वास फेर्न गाह्रो भएपछि थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पुर्याइएको थियो ।

उनि प्रदेश अस्पतालमा लामो समयदेखि कन्सल्ट्यान्ट प्रमुखका काम गर्दै आएका थिए । नेपालका कोरोनाबाट चिकित्सकको मृत्यु भएको पहिलो घटना भएको बताइएको छ ।

प्रतिक्रिया