देशभर आज थपिए १ हजार ५५९ जना संक्रमित, निको हुने १ हजार ५७

काठमाडौं । बुधबार देशभर १ हजार ५५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १ हजार ५५९ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै देशभर कुल कोरोना संक्रमित संख्या ७७ हजार ८१७ जना पुगेको छ । पछिल्लो पटक बुधबार १ हजार ५५९ जना संक्रमित थपिएका हुन् । यसैगरी ५६ हजार ४२८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ४९८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया